बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

नेप्से उकालो, कारोबार आठ अर्ब नाघ्यो


  • 226
    SHARES
  • https://www.indrenipost.com/posts/9774
    साउन २२, २०८२ बिहीबार
    नेप्से उकालो, कारोबार आठ अर्ब नाघ्यो

    काठमाडौँ, २२ साउनः धितोपत्र बजारको परिसूचक नेप्से आज १८.३० अङ्कले बढ्दै २,८५०।३७ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको प्रदर्शन झल्काउने सेन्सेटिभ परिसूचक पनि २.६१ अङ्कले बढेर ४९०.१६ मा पुगेको हो ।
    आज कूल रु ८ अर्ब ५३ करोड ७५ लाख बराबरको २ करोड ५४ लाख कित्ता शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ।
    शेयर मूल्यमा उल्लेख्य वृद्धि सिक्लेस, बरुण, मकर जितुमाया सुरी, रिलायवल समृद्धि योजना र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले अनुभव गरेका छन् । उता, उन्नती सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला र नबिल डिवेञ्चरमा भने गिरावट आएको छ।
    आज कारोबार भएका ३१८ कम्पनीमध्ये १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने, ६२ कम्पनीको घटेको छ ।  बाँकीको स्थिर रह्यो ।
    कारोबारका आधारमा लिवर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा छन् ।
    आजको कारोबारसँगै बजार पूँजीकरण रु ४७ खर्ब ५७ अर्ब ७६ करोड पुगेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij