काठमाडौं । हङकङमा बुधबार भएको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग पराजित भएको छ । १७२ रन बनाएको नेपाल मात्र ८५ रनमा अलआउट भयाे ।
खेलमा ८७ रनले पराजित भएसँगै त्रिकोणीय टी२०आई सिरिजको उपाधि जित्ने मौका पनि गुमायो । नेपालका कुनै पनि ब्याटर पपुवा न्युगिनीको बलिङ आक्रमण अगाडि टिक्न सकेनन् ।
नेपालका लागि सन्दिप जोराले सर्वाधिक १७ रन बनाए भने आरिफ शेख १५ र कप्तान रोहित पौडेल १२ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
त्यसअघि पपुवा न्युगिनीका लागि टोनी उराले ६१ रन बनाएपछि उसले बलियो लक्ष्य दिएको थियो । प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई हराएको थियो भने हङकङसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।
नेपाल अब स्वेदश फर्किनेछ । यसपछि नेपालले भारतमा त्यहाँ दुई राज्य टिमसँग त्रिकोणीय फ्रेन्डसिप कप क्रिकेट खेल्नेछ ।