भरतपुर चितवन, १ भदौ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउन दुईवटा ‘जेसिभी’ प्रयोग गरेर काम भइरहेको छ । पहिरोमा चट्टानसमेत खसेका कारण केही समय लाग्ने भए पनि छिट्टै सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिइएको छ ।
सडक अवरुद्ध भएपछि यात्रुहरूका सवारीसाधन विभिन्न स्थानमा रोकिएका छन् ।