आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
images

झापाको कन्काई घाटमा दुई करोड ३० लाख लागतमा विद्युतीय शवदाह गृह सञ्चालन


  • 442
    SHARES
  • https://www.indrenipost.com/posts/9869
    भदौ १, २०८२ आइतबार
    झापाको कन्काई घाटमा दुई करोड ३० लाख लागतमा विद्युतीय शवदाह गृह सञ्चालन

    झापा, १ भदौ – झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ ।
    कोशी प्रदेश सरकार, कनकाई नगरपालिका र विभिन्न दाताको सहयोगमा रु दुई करोड ३० लाखमा निर्माण भएको यस शवदाह गृहमा प्रदेश सरकारले रु दुई करोड, नगरपालिकाले रु २० लाख र दाताले रु १० लाख लगानी गरेको छ ।
    कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शवदाह गृह सञ्चालन नगरपालिकाले गर्ने गरी प्रदेश सरकारसँग सम्झौता भएको जानकारी दिएका छन । उनका अनुसार “सञ्चालनका लागि कार्यविधि तयार पारिसकिएको छ र एक हप्ताभित्रै विधिवत सञ्चालन हुने तयारी भइरहेको छ।”
    कन्काई घाट व्यवस्थापन समितिका महासचिव गोपाल खरेलका अनुसार भारतीय प्राविधिक टोलीले निर्माण सम्पन्न गरेर फर्किसकेको छ । परीक्षणका क्रममा ८० वर्षीया हेमती राजवंशीको शव दहन गरिएको थियो । विद्युतीय शवदाह गृहबाट एउटा शव दहन हुन करिब ५० मिनेट लाग्ने छ, जबकि दाउराले दहन गर्दा ३–३५ घण्टा लाग्छ ।
    कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१।८२ मा कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि रु दुई करोड विनियोजन गरेको थियो ।
    निर्माणपछि स्थानीयस्तरमा उठेको माग सम्बोधन भएको छ । विद्युतीय शवदाह गृह सञ्चालनमा आएपछि दाउरा र समयको बचत हुने र वातावरण संरक्षणमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
    कनकाई घाट २०६७ मा स्थापना भएको हो र हाल पाँचवटा चितास्थल सञ्चालनमा छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij