आइतबार, भदौ १ गते २०८२ Aug 17 2025 Sunday
images
images

“बिक्न छाड्यो सारङ्गी, लोप हुँदै गन्धर्वको पेसा”


  • 523
    SHARES
  • https://www.indrenipost.com/posts/9871
    भदौ १, २०८२ आइतबार
    “बिक्न छाड्यो सारङ्गी, लोप हुँदै गन्धर्वको पेसा”

    घोराही, दाङ, १ भदौ – सारङ्गी बजाएर जीविकोपार्जन गर्ने गन्धर्व समुदायको पेसा संकटमा परेको छ । गाउँमा नयाँ पुस्ताले सारङ्गी बजाउने रुचि नदेखाउँदा बिक्री घटेको र कला लोपतिर धकेलिएको छ ।
    घोराही उपमहानगरपालिका–११ नयाँ बस्तीका डाइवर गन्धर्व करिब तीन दशकदेखि सारङ्गी बनाउँदै आएका छन् । उनले बताए, “पहिले सारङ्गी राम्रै बिक्थ्यो, तर अहिले बिक्री थोरै मात्र छ । अब बनाउने कामको सट्टा कोठामा सजाएर राख्नुपर्ने अवस्था छ।”
    डाइवरका अनुसार, समयसँगै गन्धर्वहरूले गीत गाउन र बाजा बजाउन छाड्दा पेसा नै ओरालो लागेको छ । पहिले महिनामा सात–आठवटा सारङ्गी बिक्री हुन्थ्यो भने अहिले दुई–तीन मात्र बिक्री हुने गरेको छ ।
    सारङ्गी बनाउने कलामा सामग्रीको अभाव पनि समस्या बनेको छ । राम्रो काठ पाउन मुश्किल भएको र सामुदायिक वनका कारण जङ्गलमा जान नपाइने अवस्था सिर्जना भएको छ । डाइवर बताउँछन्, साना आकारका सारङ्गी रु ४–५ हजारमा र ठूला आकर्षक डिजाइनका सारङ्गी रु ९–१० हजारसम्म बिक्री हुने गरेको छ ।
    गन्धर्व समुदायका अनुसार, सारङ्गीको महत्व र संरक्षण घट्दै जाँदा यो कला लोप हुनसक्ने खतरा बढेको छ । उनीहरू भन्छन्, “सारङ्गी बजाउने र बनाउने पेसा संरक्षण गर्न सके कला र संस्कृतिको संरक्षण साथै रोजगारीको अवसर पनि सिर्जना हुन्छ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij