काठमाडौँ, १ भदौ – सङ्घीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।
पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण बिग्रिएका अन्तरदेशीय सडक, जस्तै कोदारी राजमार्ग र रसुवागढी सडकको अवस्थाबारे छलफल हुने छ । बैठकमा चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र पूर्वाधारको स्थितिबारे पनि छलफल गरिने बताइएको छ ।
त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।