बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

एक साता पहिले गएको भूकम्प

अपडेट : चीनमा भूकम्प- हालसम्म ३२५ को मृत्यु, २ लाख घरवारविहीन


  • 820
    SHARES
  • https://www.indrenipost.com/posts/5692
    पुष ८, २०८० आइतबार
    अपडेट : चीनमा भूकम्प- हालसम्म ३२५ को मृत्यु, २ लाख घरवारविहीन

    उत्तरपश्चिम चीनमा सोमबार गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी ३२५ जनाको मृत्यु भएको छ ।   

    चीनका स्थानिय अधिकारीहरुका अनुसार गान्सु प्रान्तमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ भने छिङहाइ प्रान्तमा मृत्यु हुनेको सङ्ख्या १४८ नाघेको छ ।

    शुक्रबार साँझ ८ बजेसम्म गान्सुमा गएको भूकम्पबाट ७ सय ८१ जना घाइते भएको प्रादेशिक भूकम्प उद्धार मुख्यालयले जनाएको छ ।

    चिनियाँ सञ्चारमाध्यमका अनुसार गान्सुका प्रभावित बासिन्दाहरूका लागि जम्मा ३११ अस्थायी स्थानान्तरण साइटहरू स्थापना गरिएको छ र शुक्रबार दिउँसोसम्म १ लाख १२ हजार ३४६  मानिसहरूलाई स्थानान्तरण गरिएको छ ।  

    सिन्ह्वा समाचार एजेन्सीका अनुसार  हालसम्म ४९९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने २८२ जना अस्पतालमा छन् ।

    जसमध्ये १७ जनाको अवस्था गम्भीर छ भने ६९ जनाको अवस्था गम्भीर छ ।

    छिङहाइ प्रान्तमा गएको भूकम्पका कारण बिहीबारसम्म ३१ जनाको मृत्यु भएको जानकारी दिइएको थियो ।

    गान्सु र छिङहाई प्रान्तमा १ लाख ३९ हजारभन्दा बढी मानिसलाई आपतकालीन आश्रयस्थलमा सारिएको छ ।

    सीसीटीभीका अनुसार गान्सुका उद्धारकर्मीहरूले आफ्नो काम प्रभावित जनसङ्ख्याको पुनर्स्थापना र घाइतेरूको उपचारमा मात्र केन्द्रित रहेको छन् ।

    डिसेम्बर १८ को भूकम्प २०१४ पछि चीनको सबैभन्दा घातक भूकम्प थियो, जब दक्षिणपश्चिम युनान प्रान्तमा ६०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij