बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

प्रतिनिधिसभा र चार समितिको बैठक आज, महत्त्वपूर्ण विधेयक र मुद्दामा छलफल हुने


  • 397
    SHARES
  • https://www.indrenipost.com/posts/9829
    साउन २८, २०८२ बुधबार
    प्रतिनिधिसभा र चार समितिको बैठक आज, महत्त्वपूर्ण विधेयक र मुद्दामा छलफल हुने

    काठमाडौँ, २८ साउन — सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । बैठकमा सञ्चार, परराष्ट्र, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्या, र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नमा सम्बन्धित मन्त्रीहरूले उत्तर दिनेछन् । साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ माथि विचार गर्न प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
    यसैगरी, आजै चार संसदीय समितिहरू — अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठक पनि बस्दैछन् । अर्थ समितिमा ‘वैकल्पिक विकास वित्त परिचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल हुनेछ भने कानुन समितिमा कैलाली कारागारमा साउन २३ गते घटेको घटनाबारे गृहमन्त्रीसँग छलफल हुनेछ ।
    कृषि समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ माथि छलफल हुने र सङ्घीयता सबलीकरण समितिमा महालेखापरीक्षकको ६२औँ प्रतिवेदनका मूलभूत पक्षबारे बहस हुने कार्यसूची रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij