बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

प्रभु साहले भने,‘नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाए जस्तै हो’


  • 226
    SHARES
  • https://www.indrenipost.com/posts/9055
    बैशाख २८, २०८२ आइतबार
    प्रभु साहले भने,‘नीति तथा कार्यक्रम डायबिटिजका बिरामीलाई मिठाइ खुवाए जस्तै हो’

    काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले सरकारको नीति तथा कार्यक्रम ‘डायबाटिजका बिरामीलाई मिठाइ खुवाएजस्तै’ भएको टिप्पणी गरेका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा साहले यस्ताे बताएका हुन् । राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरुले खुलेआम लुट्ने र भ्रष्टाचारको रकम विदेशमा थुपार्ने मूल प्रवृत्ति रहेको भन्दै उनले त्यो पैसा स्वदेश फर्काउनुपर्ने गरी नीति तथा कार्यक्रम नआएको टिप्पणी गरे ।

    ‘नीति तथा कार्यक्रममा ती लुटका पैसाहरु, भ्रष्टाचारको कालोधन रोक्छौं र फिर्ता ल्याउँछौं भन्ने प्रतिबद्धता आउनुपर्थ्यो, त्यसरी नीति आउनुपर्थ्यो तर दुर्भाग्य भन्नुपर्छ जस्ट उल्टो,’ आज संसदमा उनले भने, ‘खुलेआम लानुस्, आरामसँग लानुस् भन्ने टाइपको नीति तथा कार्यक्रम देखिन्छ ।’

    विदेशमा लाखौं युवाहरुले आफ्नो खुन पसिना चुहाएर पैसा पठाइरहेको र त्यसकै रेमिट्यान्सले देश चलिरहेको भन्दै उनले प्रश्न गरे, ‘म सरकारलाई सोध्न चाहन्छु त्यो पैसा जनताको लागि हो कि भ्रष्टाचारीको लागि हो ?’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij