बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुनेः मन्त्री चौधरी


  • 1.4K
    SHARES
  • https://www.indrenipost.com/posts/9800
    साउन २५, २०८२ आइतबार
    दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुनेः मन्त्री चौधरी

    पाँचथर, २५ साउनः युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति चाँडै घोषणा हुने बताएका छन् । प्रतियोगिता सञ्चालनका लागि सबै पक्षसँग छलफल भइरहेको र अब परिवर्तन नहुने गरी मिति तय गरिने उनले स्पष्ट पारे ।
    आज पाँचथरको फिदिममा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले सुर्खेतमा हुने प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारसँग सक्रिय छलफल भइरहेको बताए । उनले मुख्यमन्त्रीसहित सबै सरोकारवालासँग परामर्श भइरहेको र प्रधानमन्त्रीको पनि चासो रहेको बताए ।
    मन्त्री चौधरीले नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करण सञ्चालनमा देखिएका वित्तीय, प्राविधिक तथा व्यवस्थापकीय पक्षको अध्ययनका लागि छानबिन समिति गठन हुने जानकारी दिए । उनले प्रतियोगिता मौजुदा कानुनअनुसार सञ्चालन गर्न आग्रह गर्दै मन्त्रालयले आवश्यक सहयोग गर्ने बताए ।
    उनका अनुसार खेलकुद संरचना निर्माणका लागि पर्याप्त जग्गा अभाव देखिएको छ र प्राप्त जमिनमा पनि बजेटको कमीका कारण काम सुस्त भएको छ । स्थानीय तहले समेत जग्गा व्यवस्थापनमा सहयोग गर्नुपर्ने आवश्यकता उनले औंल्याए ।
    मन्त्री चौधरीले प्रदेश र स्थानीय तहमा खेलकुद कर्मचारी पठाउने तयारी भइरहेको र त्यसका लागि सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण भदौभित्र सम्पन्न हुने बताए । साथै, अलपत्र बनेको फिदिम रङ्गशालालाई बहुवर्षीय ठेक्कामा रुपान्तरण गरी बजेटको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाए ।
    जिल्ला खेलकुद विकास समितिका अनुसार रु १० करोड ६३ लाख ७५ हजार लागतको रङ्गशाला निर्माणको ठेक्का विसं २०७७ फागुनमा पिएस किरातेश्वर मैनाचुली जेभीलाई दिइएको थियो । २०७९ असार १५ सम्म सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म जम्मा ३१।७५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij