बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

भारत उत्तराखण्डको बाढीपहिरोमा २६ जना नेपाली बेपत्ता, खोजी कार्य जारी


  • 496
    SHARES
  • https://www.indrenipost.com/posts/9826
    साउन २७, २०८२ मंगलबार
    भारत उत्तराखण्डको बाढीपहिरोमा २६ जना नेपाली बेपत्ता, खोजी कार्य जारी

    काठमाडौँ, २७ साउनः भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशी र पौडी गढवाल जिल्लामा गएको भयानक बाढी र पहिरोले २६ जना नेपाली हराइरहेका छन् ।
    नेपाल दूतावासले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, साउन २० र २१ गते आएको बाढीपहिरोले उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ नेपाली बेपत्ता छन् ।
    हराइरहेका नेपालीहरूमा उत्तरकाशीबाट जनकबहादुर शाही, रवि सिंह २४ वर्ष करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दीपक मगर, सुरज राना, मानबहादुर, नीमबहादुर, रवि सिंह १८ वर्ष, र रामबहादुर रहेका छन् ।
    पौडी गढवालका बेपत्ता नेपालीहरूमा नरेन्द्र खड्का, अमृता परियार, रोमन खड्का, सन्ध्या खड्का र विमल विक रहेका छन् ।
    नेपाल दूतावास र भारतीय अधिकारीहरूको संयुक्त प्रयासमा खोजी कार्य तीव्र रुपमा जारी छ । हालसम्म कुनै ठोस खबर नआएपछि परिवार र समुदायमा चिन्ता गहिरिएको छ । बाढीपहिरोले क्षति र जनधनको ठूलो नोक्सानी भएको छ भने प्रभावित क्षेत्रमा उद्धार र राहत कार्य तिब्र पारिएको छ ।
    नेपाल सरकारले पनि यस घटनामा प्रभावित परिवारलाई आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij