मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

आज सङ्घीय संसद्का दुवै सदन बैठक बस्दै, महत्वपूर्ण विधेयक र श्रद्धाञ्जली प्रस्ताव पेश गरिने


  • 280
    SHARES
  • https://www.indrenipost.com/posts/9821
    साउन २७, २०८२ मंगलबार
    आज सङ्घीय संसद्का दुवै सदन बैठक बस्दै, महत्वपूर्ण विधेयक र श्रद्धाञ्जली प्रस्ताव पेश गरिने

    काठमाडौँ, २७ साउन – आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ भने राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने तय छ ।
    आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०।८१ पेस गर्ने कार्यसूची रहेको छ । साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पन्न तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव राख्नेछन् ।
    राष्ट्रियसभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।
    यसैगरी, दुवै सदनमा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।
    आजको संसद् बैठकले मुलुकको संवैधानिक र सांस्कृतिक पक्षमा महत्वपूर्ण कदम चाल्ने अपेक्षा गरिएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij