इनरुवा, २७ साउन — पूर्वी पहाडी र तराईका जिल्लामा परेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव लगातार बढ्दै गएको छ । सोमबार राति ८ बजे गरिएको मापनअनुसार कोसी ब्यारेजमा पानीको बहाव एक लाख ७४ हजार ४९४ क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिएका छन । अहिले सप्तकोसी नदीमा बहाव बढ्दो क्रममा रहेको कारण कुल ५६ वटा ढोकामध्ये १९ वटा ढोका खोलिएको छ । साथै, सम्भावित खतरालाई ध्यानमा राख्दै रातो बत्ती बालेर सतर्कता कायम गरिएको छ ।
यसले नदी किनारका बासिन्दालाई सचेत रहन र आवश्यक सुरक्षाका उपाय अपनाउन अनुरोध गरिएको छ । प्रशासनले स्थिति निरन्तर निगरानी गरिरहेको छ र कुनै अप्रिय घटना नहोस् भनेर सबै तयारीमा रहेको जनाएको छ ।