बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
सुरक्षा/अपराध
सोमबार, कात्तिक २७ २०८०

काठमाडौं । ललितपुर महानगरपालिका–१४ नक्खिपोटस्थित युनसान रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सात महिला र तीन पुरुषलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनीहरुबाट एक लाख तीन हजार चार सय २० पनि बरामद गरिएको छ ।  यसैगरी, कालीकोट, खाँडाचक्र नगरपालिका–३ ताडी बजार बस्ने ३९ वर्षीय जगप्रसाद

सोमबार, कात्तिक २७ २०८०

रुकुम । यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्याएको हो । जाजरकोटमा

बिहीबार , कात्तिक २३ २०८०

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबुक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई  आज पक्राउ गरेको छ ।  पक्राउपर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौंमा बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन् ।  प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार

बुधबार, कात्तिक २२ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ इन्द्रचोकबाट स्रोत नखुलेको नगद रु २६ लाख ५७ हजारसहित दुई जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौँ महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९

शुक्रबार, कात्तिक १७ २०८०

नेपालगञ्ज । नेपालगञ्जका चेतन मानन्धनरको हत्या अभियुक्त योगराज ढकाल (रिगल)लाई बाँके कारागार चलान गरिएको छ । संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैदमाफी गरेका थिए ।  तर, उक्त निर्णयलाई बिहीबार सर्वोच्च अदालतले बदर गरेपछि उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । बिहीबार पक्राउ परेका उनलाई

शुक्रबार, कात्तिक १७ २०८०

काठमाडौं । सरकारको सिफारिसमा कैद कट्टीसहित आममाफी पाएका रेशम चौधरीको मुद्दाको अन्तिम सुनुवाइ यहीँ कात्तिक २३ मा हुने भएको छ । सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसाला सुनाएका नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीको मुद्दाको अन्तिम सुनुवाइ हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दिएको आममाफीविरुद्ध ‘कैलाली नरसंहार’

शुक्रबार, कात्तिक १७ २०८०

नवलपरासी । स्रोत नखुलेको १६ लाख ५० हजार रकमसहित एक जनालाई हिजो (बिहीबार) दिउँसो प्रहरीले परासीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ हरपुरका २५ वर्षीय इमरान खान रहेका छन् । भारतीय सीमावर्ती क्षेत्र महेशपुरबाट परासीतर्फ लु ९० प ७८८५ नम्बरको मोटरसाइकलबाट आउँदै गरेका उनलाई शंका

शुक्रबार, कात्तिक १७ २०८०

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलसित जोडिएको विपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ ।  नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित काभ्रेभञ्ज्याङबाट बिहीबार सवारीसाधन जाँचका क्रममा ३३ बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको छ

बिहीबार , कात्तिक १६ २०८०

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि गुण्डा नाइके योगराज ढकाल (रिगल)लाई प्रहरीले पक्राउ गरेको छ ।  उनलाई नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जनाएको छ । सर्वोच्चले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो ।  रिगलाई नेपालगञ्जबाट पक्राउ गरेको बाँकेका एसपी सुवास बोहोराले बताए

बिहीबार , कात्तिक १६ २०८०

काठमाडौं । गुण्डा नाइके योगराज ढकाल (रिगल)को फेरि जेलमै बास हुने भएको छ । सर्वोच्च अदालतले कैद मिनाहा गर्ने निर्णय बदर गरेसँगै उनको जेलमा बास हुने भएको हो ।  न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद

बिहीबार , कात्तिक १६ २०८०

काठमाडौं । गुण्डा नाइके योगराज ढकाल (रिगल)ले राष्ट्रपतिबाट पाएको कैद मिनाहा सर्वोच्च अदालतले बदर गरिदिएको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बुधबारसम्म दुवै तर्फको बहस सुनिसकेपछि आज निर्णय सुनाएको हो ।  यो रिटमा सर्वोच्चको पूर्ण इजलासमा मंगलबार र

बुधबार, कात्तिक १५ २०८०

काठमाडौं । चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय पाएका रिगल भनिने गुण्डा नाइके योगराज ढकालविरुद्धको रिटमा सुनुवाइ हुने भएको छ ।   हिजो (मंगलबार) हेर्दाहेर्दैमा रहेको रिटमा आज (बुधबार) पनि सुनुवाइ हुने भएको हो ।  कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण

मंगलबार, कात्तिक १४ २०८०

काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् ।  प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी सोमबार अदालतबाट म्याद लिई अनुसन्धान अघि बढाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि

सोमबार, कात्तिक १३ २०८०

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले हालसम्म सम्पर्कविहीन प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ ।  आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा तथा सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका २२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी

सोमबार, कात्तिक १३ २०८०

खोटाङ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाका चार हजार पाँच सय बचतकर्ताको रकम घोटला प्रकरणमा मुछिएका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका परिवारसहित आठ जनामध्ये तीनजनालाई पक्राउ गरेर

आइतबार, कात्तिक १२ २०८०

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक  छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ ।   छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका

शुक्रबार, कात्तिक १० २०८०

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक  छोरी मृतावस्थामा फेला परेका छन् ।  मृतास्थामा फेला पर्नेमा छायानाथ रारा–६ मन्दु गाउँकी २६ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र ८ महिनाका  छोरा रहर

शुक्रबार, कात्तिक १० २०८०

जलेश्वर । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा रु ५० को सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ ।   जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार स्थानीय राजनारायण पासवानका छोरा १९ वर्षीय आशिक भन्ने वसन्त पासवानको आफ्नै दुईजना साथीले छुरा हानेर

शुक्रबार, कात्तिक १० २०८०

इनरुवा । इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौ जनालाई सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षेत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले

बिहीबार , कात्तिक ९ २०८०

लुम्बिनी । दुर्गा मूर्ति बिसर्जनका क्रममा नदीमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।  रुपन्देहीको मर्चवारमा गत मङ्गलबार दुर्गा मूर्ति बिसर्जन गर्न गएका तीनमध्ये दुई जनाको ज्यान गएको थियो भने एकजना बेपत्ता भएका थिए ।  रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नम्बर १ र ५ को सिमानामा

बिहीबार , कात्तिक ९ २०८०

दाङ । दाङमा नवजात शिशुको हत्या प्रयास गरेको अभियोगमा सुत्केरी आमालाई प्रहरीले पक्राउ गरेको छ ।  लमही नगरपालिका–७ कप्तानगञ्ज निवासी २५ वर्षीया निरम चौधरीलाई आफ्नै नवजात शिशुको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।  बुधबार दिउँसो उनले घरमा कोही नभएको अवस्थामा तरकारी काट्न प्रयोग गरिने

बुधबार, कात्तिक ८ २०८०

काभ्रे । काभ्रेको नमोबुद्धमा जुवा खेल्ने, हेर्नेसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  उनीहरुको साथबाट १ लाख ५३ हजार ४ सय ७० रुपैयाँ र ६ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ । हिजो (मंगलबार) राति नमोबुद्ध नगरपालिका–१० पुरानो गाउँस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको

बुधबार, कात्तिक ८ २०८०

जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पेस्तोलसहित पक्राउ परेकी छन् ।  पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी ९ की अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेकी छन् । उनलाई जनकपुरधामको रेल्वे स्टेसन जनिक रहेको हनुमान मन्दिरबाट मंगलबार साँझ पोने ८ बजे सशस्त्र प्रहरीले

आइतबार, कात्तिक ५ २०८०

पोखरा । पोखराको मित्र मिलन बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष रमण पौडेल र प्रमुख प्रशासकीय अधिकृत किरण अधिकारीलाई प्रहरीले  प्रक्राउ गरेको छ ।  पौडेल र अधिकारीलाई बैंकिङ कसुरमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  बचतकर्तालाई दिइएको चेक बाउन्स भएपछि उनीहरुको उजुरीका आधारमा

आइतबार, कात्तिक ५ २०८०

काठमाडौं । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन् ।  पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उहाँले सो ‘ गोल्ड मेडल’ प्राप्त गरेका हुन् ।  नेपाली अफिसर क्याडेटलाई पदक

© 2025 All right reserved to indrenipost.com | Site By : Sobij