शनिबार, साउन ३१ गते २०८२ Aug 16 2025 Saturday
images
images

इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि


  • 874
    SHARES
  • https://www.indrenipost.com/posts/5206
    मंसिर ६, २०८० बुधबार
    इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि

    इजराइल र हमासबीच चार दिने युद्धविराम र बन्धक रिहा गर्ने सम्झौता भएको कतारद्वारा पुष्टि दोहा, ६ मङ्सिर (रासस/एएफपी) : इजराइल र हमासले गाजामा ५० बन्धकलाई रिहा गर्ने बदलामा चार दिनको मानवीय विराममा सहमति जनाएको कतारले बुधबार पुष्टि गरेको छ ।

    मानवीय विरामको सुरुआती समय अर्को २४ घन्टाभित्र घोषणा गरिनेछ र विरामको विस्तार चार दिनसम्म हुनेछ, कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, “सम्झौतामा इजराइली जेलहरूमा थुनिएका प्यालेस्टिनी महिला तथा बालबालिकाको रिहाइको सट्टामा गाजापट्टीमा हालै बन्धक बनाइएका ५० महिला तथा बालबालिकाको रिहाइ समावेश छ, उक्त सम्झौता कार्यान्वयन भएपछि विभिन्न चरणमा रिहा गरिने मानिसहरूको सङ्ख्या बढाइने सहमति भएको छ ।

    अस्थायी युद्धविराम र मानवीय सहायताका लागि पहुँचको सट्टामा गाजामा बन्दी बनाइएका दुई सय ४० जनामध्ये केहीलाई मुक्त गर्ने उद्देश्यले कतार केही सातादेखि पर्दा पछाडि गहन वार्तामा संलग्न रहेको छ ।

    उक्त सम्झौता इजिप्ट र अमेरिकाका साथै हमास र इजराइलसँग गरिएको र ‘मानवीय आवश्यकताहरूका लागि तोकिएको इन्धनसहित ठूलो सङ्ख्यामा मानवीय समूह र राहत सहयोगको प्रवेश’ समावेश गरिएको कतारले बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij