सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

यसवर्ष पनि हुँदैछ ‘पब्लिक स्पिच नेपाल २०८२’


  • 352
    SHARES
  • https://www.indrenipost.com/posts/9805
    साउन २६, २०८२ सोमबार
    यसवर्ष पनि हुँदैछ ‘पब्लिक स्पिच नेपाल २०८२’

    काठमाडौँ, २६ साउनः गतवर्षदेखि सुरु गरिएको ‘पब्लिक स्पिच नेपाल’ यसवर्ष पनि हुने भएको छ । युवाहरूको वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने र सार्वजनिक भाषणका च्याम्पियनलाई प्रोत्साहित गर्ने उद्देश्यले बास नेपाल नामक गैरसरकारी संस्थाले यसलाई राष्ट्रव्यापी रूपमा आयोजना गर्न लागेको हो ।
    प्रतियोगिता तीन चरण—अडिसन, सेमिफाइनल र फाइनल—मा सञ्चालन हुनेछ । देशभरका इच्छुकले भदौ १० गतेसम्म नाम दर्ता गर्नुपर्नेछ भने भदौ १३ भित्र आफ्नो सार्वजनिक वक्तव्यको श्रव्यदृश्य पठाउनु पर्नेछ । फाइनल प्रतिस्पर्धा भदौ २९ गते हुनेछ ।
    विजेताले क्रमशः पहिलो स्थानका लागि रु ५० हजार, दोस्रो स्थानका लागि रु ३० हजार र तेस्रो स्थानका लागि रु २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij