मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

कोशी प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


  • 469
    SHARES
  • https://www.indrenipost.com/posts/9817
    साउन २७, २०८२ मंगलबार
    कोशी प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, २७ साउन – मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक रहेका कारण कोशी प्रदेशको पहाडी भागमा एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।
    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ ।
    आज राति देशभर पूर्णतया बदली रहने पूर्वानुमान छ । मधेसलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका धेरै स्थान र अन्य प्रदेशका पहाडी र तराईका केही स्थानमा मध्यम वर्षा हुने अपेक्षा गरिएको छ ।
    मधेस प्रदेश, कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने तथा गण्डकी प्रदेशका पहाडी र तराई र लुम्बिनी प्रदेशका तराई भागका एकदुई स्थानमा पनि भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij