मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

सशस्त्र प्रहरी जवान घुससहित पक्राउ, कलङ्की नापी कार्यालयका सहयोगी पनि जालोमा


  • 469
    SHARES
  • https://www.indrenipost.com/posts/9819
    साउन २७, २०८२ मंगलबार
    सशस्त्र प्रहरी जवान घुससहित पक्राउ, कलङ्की नापी कार्यालयका सहयोगी पनि जालोमा

    काठमाडौँ, २७ साउनः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिका –५ स्थित सशस्त्र प्रहरी बल नेपाल बार्डर आउट पोस्ट मझगावामा कार्यरत जवान यामबहादुर खत्रीलाई घुससहित पक्राउ गरेको छ ।
    आयोगका अनुसार सीमा पारी भारतबाट भन्सार छली अवैध रुपमा कपडा तथा किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । बुटवल कार्यालयबाट गएको टोलीले खत्रीलाई घटनास्थलमै नियन्त्रणमा लिएको हो ।
    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आरोपी खत्रीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
    यसैबीच, आयोगले सोमबार नापी कार्यालय कलङ्कीका कार्यालय सहयोगी एकेन्द्र कुँवरलाई पनि रु १३ हजार घुससहित पक्राउ गरेको छ । उनले चन्द्रागिरि नगरपालिका –१३ को जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आरोप छ ।
    आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले कुँवरलाई पक्राउ गर्दा कार्यालय प्रमुखको दुई थान मोबाइल, सर्भेक्षकको एक थान मोबाइल र कुँवरको एक थान मोबाइल बरामद गरेको छ । आरोपी कुँवरमाथि पनि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij