मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

राससको महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त


  • 343
    SHARES
  • https://www.indrenipost.com/posts/9820
    साउन २७, २०८२ मंगलबार
    राससको महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त

    काठमाडौँ, २७ साउनः राष्ट्रिय समाचार समिति राससको रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई महाप्रबन्धकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
    राई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हुनुका साथै विगत दुई दशकदेखि पत्रकारितामा संलग्न रहँदै आएका अनुभवी पत्रकार हुन् । पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले मोफसलदेखि राजधानी काठमाडौँसम्म विभिन्न सञ्चारमाध्यममा काम गर्दै अनुभव बटुलेका छन् ।
    उनले पत्रिका, रेडियो र अनलाइनमा काम गर्नुका साथै तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकको जिम्मेवारी पनि वहन गरेका थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij