बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

सभापति खतिवडाद्वारा पदबाट राजीनामा


  • 406
    SHARES
  • https://www.indrenipost.com/posts/9835
    साउन २८, २०८२ बुधबार
    सभापति खतिवडाद्वारा पदबाट राजीनामा

    काठमाडौँ, २८ साउन — प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन ।
    सभापति खतिवडाले आज सभामुख देवराज घिमिरे समक्ष राजीनामा पत्र पेस गरेका हुन ।
    राजीनामा पत्रमा भनिएको छ, “मिति २०८२ साल साउन २७ गते बसेको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको व्यहोरा अनुरोध गर्दछु।”

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij