म्याग्दी, २८ साउन म्याग्दीको मालिका गाउँपालिका–५ रुन्मामा आज जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।
दरवाङदेखि रुन्मातर्फ जाँदै गरेको ग २ च ४३९२ नं को बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा परी मालिका–५ की ४३ वर्षीया छनदेवी फगामी घटनास्थलमै मृत्यु भएकी छन् ।
घाइतेमा जिपका चालक ४० वर्षीय चन्द्र पुन, १४ वर्षीया सिर्जना घर्ती र ७३ वर्षीय भविराज फगामी रहेका छन् । उनीहरूलाई दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।