बुधबार, साउन २८ गते २०८२ Aug 13 2025 Wednesday
images
images

एक वर्षमा काठमाडौँमा २७ सयभन्दा बढी आगलागीका घटना


  • 298
    SHARES
  • https://www.indrenipost.com/posts/9836
    साउन २८, २०८२ बुधबार
    एक वर्षमा काठमाडौँमा २७ सयभन्दा बढी आगलागीका घटना

    काठमाडौँ, २८ साउन — पछिल्लो एक वर्षमा काठमाडौँ जिल्लामा कुल २७२२ आगलागीका घटना दर्ता भएका छन् ।
    जिल्ला प्रहरी परिसरका अनुसार, सबैभन्दा बढी आगलागी बिजुलीका पोल, ट्रान्सफर्मर र घरकोठा मिटरबक्समा ‘सट’ भएर भएको छ ।
    बिजुलीका पोल ट्रान्सफर्मर १८७६ घटना
    घरकोठा ४०७ घटना
    ग्यास चुहावट ४५ घटना
    वनरजङ्गल ६८ घटना
    अन्य कारण ३२६ घटना
    प्रहरी सूचना पाएसँगै तत्काल समन्वयमा जनशक्ति परिचालन गरिएको छ । घटनास्थलमा प्रहरी पुग्ने समय
    ४२ घटनामा ५ मिनेटभित्र
    २४ घटनामा १० मिनेट
    २१ घटनामा १५ मिनेट
    ९ घटनामा २० मिनेट
    २ घटनामा २५ मिनेट
    १ घटनामा ३० मिनेट
    प्रहरीले हटलाइन, एसएमएस, सिसिटिभी, सामाजिक सञ्जाल, मोबाइल एप र रेडियो सेट मार्फत सूचना प्राप्त गरी तत्काल कार्रवाई गर्ने व्यवस्था मिलाएको छ । गत वर्ष ४२८ हजारभन्दा बढी अपराध सूचना प्राप्त भएको थियो ।
    यसैगरी, काठमाडौँमा धर्ना, विरोध र्‍याली, अनसन र तालाबन्दीका घटनाहरू पनि बढी भएका छन् ।
    नेपालभरको धर्ना ४२७३ काठमाडौँमा
    विरोध र्‍याली २१६१ काठमाडौँमा
    उपत्यकाभित्र काठमाडौँमा मात्र ८१६८ धर्ना र ७४ विरोध र्‍याली भएका थिए
    यस्ता घटनाहरू नियन्त्रण गर्न ३८६,९४० प्रहरी जनशक्ति परिचालन गरिएको थियो । गत वर्ष काठमाडौँमा शिक्षक, सहकारी, स्वर्गद्वारी, पूर्वराजा समर्थित तथा विभिन्न राजनीतिक दल समूहका विरोध प्रदर्शन भएका थिए ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij