बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

रिडी–तम्घास सडक पहिरोले पूर्ण अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगको आग्रह


  • 298
    SHARES
  • https://www.indrenipost.com/posts/9844
    साउन २९, २०८२ बिहीबार
    रिडी–तम्घास सडक पहिरोले पूर्ण अवरुद्ध, वैकल्पिक मार्ग प्रयोगको आग्रह

    गुल्मी, २९ साउनः मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्ड आज बिहान पहिरो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको छ । रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा आएको पहिरोका कारण यातायात पूर्णरूपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन ।
    पहिरो पन्छाउने कार्य जारी रहेको भए पनि निरन्तर वर्षाका कारण काममा अवरोध भइरहेको प्रहरीले जनाएको छ । वर्षा रोकिनासाथ सडक खोल्ने र सवारीसाधन सञ्चालनमा ल्याइने तयारी छ ।
    सडक खुल्ने समय नटुङ्गिनुका कारण यात्रु र चालकलाई पानीट्याङकी–थोर्गा–सालबिसौन मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij