बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

प्रधानमन्त्री र मन्त्रीबीच वार्षिक कार्यसम्पादन सम्झौता


  • 190
    SHARES
  • https://www.indrenipost.com/posts/9846
    साउन २९, २०८२ बिहीबार
    प्रधानमन्त्री र मन्त्रीबीच वार्षिक कार्यसम्पादन सम्झौता

    काठमाडौँ, २९ साउन — प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्रीद्वय, मन्त्री तथा मुख्य सचिवबीच चालु आर्थिक वर्षका प्रमुख काम र लक्षित उपलब्धिका लागि आज कार्यसम्पादन सम्झौता भएको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा र आगामी कार्यक्रमसँगै सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरिएको हो ।
    समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारलाई तोकिएको समयमा सम्पन्न गर्न प्रधानमन्त्री ओलीले विगतको कार्यकालमा सुरु गरेको यो अभ्यासलाई निरन्तरता दिइएका छन ।
    सम्झौता अनुसार मन्त्रीहरुले अब आफ्ना सम्बन्धित सचिवहरुसँग पनि कार्यसम्पादन सम्झौता गर्नेछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij