बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयोः प्रचण्ड


  • 577
    SHARES
  • https://www.indrenipost.com/posts/9850
    साउन २९, २०८२ बिहीबार
    प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयोः प्रचण्ड

    काठमाडौं, २९ साउन — नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफकै कारण देश बर्बाद भएको आरोप लगाएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको यथार्थ समस्या ओझेलमा पारेको दाबी गरे ।
    प्रचण्डका अनुसार प्रधानमन्त्रीले यथार्थ धरातलमा आधारित कामभन्दा प्रचारमुखी अभिव्यक्ति दिनमा समय खर्च गरिरहेका छन् । “गफ दिँदा जे बोले पनि हुन्छ भन्ने सोचाइ गलत हो । यथार्थमा के भइरहेको छ भन्ने कुरा जनतालाई थाहा छ, तर उहाँ धरातल छोडेर हावादारी गफमा जानुभएको छ,” प्रचण्डले भने । उनका अनुसार यस्तो प्रवृत्तिका कारण मुलुकमा राजनीतिक स्थिरता र विकासको सम्भावना कमजोर भएको छ ।
    उनले हालै संसदमा आफूले प्रस्तुत गरेका विचारलाई प्रधानमन्त्रीले अनावश्यक रूपमा विवादको विषय बनाएको आरोप पनि लगाए । “मैले सदनमा बोलेको कुरा ठिक छ, तर उहाँले त्यसलाई मात्रै इस्यु बनाउनुभयो, त्यो बेठिक हो,” उनले टिप्पणी गरे ।
    राजनीतिक नेतृत्वको जिम्मेवारी जनताको विश्वास जित्ने खालको नीति र कार्यक्रम अघि सार्नु भएको प्रचण्डको भनाइ छ । उनका अनुसार मुलुकको आर्थिक संकट, बेरोजगारी, र सुशासनको अभावलाई सम्बोधन नगरी केवल भाषणबाजीले समस्या झन् गहिरिने खतरा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij