काठमाडौँ, ३० साउन – आर्थिक वर्ष २०८१।८२ मा सरकारको कुल खर्च रु १५ खर्ब ८ अर्ब २३ अर्ब ११ करोड पुगेको छ । अघिल्लो आव २०८०।८१ मा रु १४ खर्ब ८ अर्ब ७६ करोड खर्च भएकोमा चालुतर्फ २.९४ प्रतिशत र पुँजीगततर्फ १६.१५ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणमा उल्लेख छ।
प्रस्तुति अनुसार चालुतर्फ ८५.९५ प्रतिशत अर्थात् रु ९ खर्ब ८० अर्ब ३८ करोड, पुँजीगततर्फ ६३.२ प्रतिशत अर्थात् रु २ खर्ब २२ अर्ब ६८ करोड र वित्तीय व्यवस्थातर्फ ८७.८७ प्रतिशत अर्थात् रु ३ खर्ब २० अर्ब ४ करोड खर्च भएको हो । वार्षिक लक्ष्यअनुसार कुल ८१.८७ प्रतिशत खर्च भएको देखिएको छ ।
राजस्वतर्फ २०८१.८२ मा कुल रु ११ खर्ब ७८ अर्ब ८२ करोड संकलन भएको छ, जुन अघिल्लो आवको तुलनामा १४.४१ प्रतिशत बढी हो । यसमध्ये कर राजस्व १३.२५ प्रतिशत र गैरकर राजस्व २८.८ प्रतिशतले बढेको छ । कुल राजस्व लक्ष्यको ८३.०६ प्रतिशत मात्र पूरा भएको जनाइएको छ ।
वैदेशिक व्यापारतर्फ सो आ.व.मा कुल आयात रु १८ खर्ब ४ अर्ब १२ करोड र निर्यात रु २ खर्ब ७७ अर्ब ३ करोड पुगेको छ । अघिल्लो वर्षको तुलनामा आयात १३.३ प्रतिशत र निर्यात ८१.८ प्रतिशतले वृद्धि भएको हो । यस अवधिमा व्यापार घाटा रु १५ खर्ब २७ अर्ब ९ करोड कायम भएको छ ।