बिहीबार , भदौ ५ गते २०८२ Aug 21 2025 Thursday
images
images

सङ्घीय सरकारले उत्कृष्ट छ स्थानीय तहलाई सम्मान गर्ने


  • 352
    SHARES
  • https://www.indrenipost.com/posts/9902
    भदौ ४, २०८२ बुधबार
    सङ्घीय सरकारले उत्कृष्ट छ स्थानीय तहलाई सम्मान गर्ने

    काठमाडौँ, ४ भदौः सङ्घीय सरकारले उत्कृष्ट नतिजा ल्याएका छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ ६ गते आर्थिक वर्ष २०८०।८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन लिसामा उत्कृष्ट प्रदर्शन गर्ने गाउँपालिका तथा नगरपालिकालाई सम्मान गर्ने तयारी गरेको हो ।
    मन्त्रालयका अनुसार स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गर्दै शासकीय प्रक्रिया तथा विकास व्यवस्थापनमा सुधारका क्षेत्र पहिचान गर्ने, आवधिक समीक्षाको आधार बनाउने र स्वस्थ प्रतिस्पर्धा जगाउने उद्देश्यले लिसा कार्यान्वयनमा ल्याइएको हो ।
    गुणस्तर परीक्षण सम्पन्न भएपछि कायम भएको अन्तिम नतिजा सार्वजनिक गरिँदै राष्ट्रिय स्तरमा उच्चतम अंक हासिल गर्ने स्थानीय तहलाई सम्मान गर्न लागिएको मन्त्रालयले जनाएको छ ।
    यसअन्तर्गत चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, स्याङजाको अर्जुनचौपारी गाउँपालिका, धादिङकै बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले सम्मान पाउने भएका छन् ।
    सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको उपस्थितिमा स्थानीय तहलाई सम्मान गरिने र स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणालीको शुभारम्भ गरिने मन्त्रालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij