बिहीबार , भदौ ५ गते २०८२ Aug 21 2025 Thursday
images
images

स्याउ नफलेपछि ढोरपाटन र निसेलढोरका किसान चिन्तित


  • 217
    SHARES
  • https://www.indrenipost.com/posts/9908
    भदौ ५, २०८२ बिहीबार
    स्याउ नफलेपछि ढोरपाटन र निसेलढोरका किसान चिन्तित

    ढोरपाटन बागलुङ, ५ भदौः यस वर्ष ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा स्याउ नफलेपछि किसानहरू ठूलो समस्यामा परेका छन् । जिल्लाभर सबैभन्दा बढी स्याउ उत्पादन हुने क्षेत्रमै बोटहरू रित्तै देखिएपछि कृषक निराश बनेका हुन् ।
    निसेलढोरको कुँडे, गाभा, काङलगायत ठाउँमा स्याउ नफल्दा किसान चिन्तित भएका छन् भने ढोरपाटन नगरपालिका–९ को नवी, भूजी र स्यालपाखेल क्षेत्रका किसान पनि प्रभावित बनेका छन् ।
    स्थानीय हेमराज सापकोटाले चार रोपनीमा लगाएको स्याउले १० प्रतिशत पनि फल नदिएको गुनासो गरेका छन । करिब एक दशकदेखि स्याउखेती गर्दै आएका उनले पछिल्ला तीन वर्षदेखि उत्पादन निरन्तर घट्दै गएको बताए । “यसपालि त रूखमै स्याउ देखिँदैन, लाखौँ लगानी खेर गयो”, उनको भनाइ छ ।
    त्यस्तै, किसान मनबहादुर घर्तीले गत हिउँदमा लामो खडेरी र हिउँ नपरेकै कारण स्याउ नफलेको बताए । उनले “इटालियन फुजी जातबाहेक अरू जातका स्याउ झन् उत्पादन हुन सकेनन्” भन्दै लाखौँको नोक्सानी भएको दुःख व्यक्त गरेका छन ।
    जिल्लाभर ५६ दशमलव ९२ हेक्टरमा स्याउखेती हुँदै आएको र बर्सेनि औसत ३३१ दशमलव दुई मेट्रिक टन स्याउ उत्पादन हुने गरेकोमा यस वर्ष उत्पादनमा ठूलो गिरावट आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले जानकारी दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij