बिहीबार , भदौ ५ गते २०८२ Aug 21 2025 Thursday
images
images

कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान


  • 433
    SHARES
  • https://www.indrenipost.com/posts/9906
    भदौ ५, २०८२ बिहीबार
    कोशी, वाग्मती र गण्डकीका पहाडी भेगमा भारी वर्षा हुने पूर्वानुमान

    काठमाडौँ, ५ भदौः मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । पहाडी र तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना पनि रहेको छ ।
    आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने र विशेषगरी कोशी, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ ।
    महाशाखाले वर्षाका कारण पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव डेब्रिज फ्लोको जोखिम बढ्ने, साना तथा ठूला नदीनालामा पानीको सतह बढ्न सक्ने र यातायात आवागमन प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij