बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व थियोः अध्यक्ष दाहाल


  • 253
    SHARES
  • https://www.indrenipost.com/posts/9986
    भदौ ११, २०८२ बुधबार
    जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व थियोः अध्यक्ष दाहाल

    काठमाडौँ, ११ भदौः नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताएका छन् ।
    आज राजधानीमा आयोजित भक्त राना स्मृति चेस प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले जनयुद्ध र चेसबीच गहिरो सम्बन्ध रहेको स्मरण गराए । उनले भने, “दश वर्षे जनयुद्ध र चेसबीच गहिरो सम्बन्ध छ । यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि योगदान दिएको थियो । रणमैदानमा चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो ।”
    अध्यक्ष दाहालले चेस प्रतियोगिताले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा मुलुकलाई चिनाउन सक्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै सहभागी खेलाडीहरूको उत्साहपूर्ण सहभागिताले थप हौसला दिएको बताए । साथै, प्रतियोगिताका क्रममा सम्भावित समस्या भएमा समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
    भक्त रानालाई क्रान्तिकारी, इमान्दार र निष्ठावान योद्धाका रूपमा स्मरण गर्दै अध्यक्ष दाहालले उहाँको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहिरहने बताए । “भक्त राना युद्धमा घाइते हुनुभयो, उपचारका क्रममा वीर अस्पतालमा उहाँको निधन भयो । उहाँलाई बचाउन हामी असफल भयौँ, तर उहाँको स्मृति हामी सबैको मनमा ताजा छ,” दाहालले भावुक हुँदै भने ।
    प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै अध्यक्ष दाहालले यसबाट योग्य खेलाडी उत्पादन हुनुका साथै राष्ट्रिय पहिचान स्थापित हुने विश्वास व्यक्त गरे ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij