बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

नेप्से परिसूचकमा ५३ अंकको उच्च सुधार


  • 217
    SHARES
  • https://www.indrenipost.com/posts/9987
    भदौ ११, २०८२ बुधबार
    नेप्से परिसूचकमा ५३ अंकको उच्च सुधार

    काठमाडौँ, ११ भदौः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज उल्लेखनीय वृद्धि भएको छ । नेप्से परिसूचक ५३ दशमलव शून्य एक अंकले बढ्दै दुई हजार ८१९ दशमलव १० बिन्दुमा पुगेको हो । यो वृद्धि १ दशमलव ९१ प्रतिशतको सुधार मानिन्छ ।
    आज ३२१ कम्पनीका एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रु ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ दशमलव ७० पुगेको नेप्सेले जनाएको छ ।
    सबै समूहका उपसूचकमा हरियाली देखिएको छ । बैंकिङ १.३८, विकास बैंक ३.४०, वित्त १.९८, होटल तथा पर्यटन १.६६, जलविद्युत् १.८५, लगानी २.१९ र जीवन बीमा २.२१ प्रतिशतले बढेका छन् । त्यस्तै, उत्पादन तथा प्रशोधन २.६९, लघुवित्त ०.०९, म्युचुअल फण्ड ०.४७, निर्जीवन बीमा १.६८, व्यापार २.६८ र अन्य समूह २.१४ प्रतिशतले वृद्धि भएको छ ।
    आजको कारोबारमा विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सकारात्मक सर्किट लागेर उच्चतम बिन्दुमा पुगेको छ । विपरीत, केबिएल डिबेञ्चर–२०८६ को मूल्य भने ५.७९ प्रतिशतले घटेको छ ।
    कारोबार रकमका आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६५ करोड ४२ लाख ७४ हजार २५५ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा ग्रीन भेन्चर लिमिटेड अग्रस्थानमा रह्यो, जसका आठ लाख ४६ हजार ६२३ कित्ता शेयर कारोबार भएको छ  ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij