जुम्ला, ११ भदौ । कालिकोटको कालेखोलामा सडक भासिँदा कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालयले गए राति नै मर्मतका लागि उपकरण र जनशक्ति परिचालन गरेको जनाएको छ । कार्यालय प्रमुख दीपेन्द्रकुमार चौधरीका अनुसार मर्मत सम्भारको काम केही समय लाग्ने भएकाले यात्रु र सवारी चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।
कर्णाली राजमार्ग प्रदेशको मुख्य जीवन रेखा भएकाले सडक अवरुद्ध हुँदा यातायात र स्थानीय जनजीवन प्रभावित भएको छ ।