बुधबार, भदौ ११ गते २०८२ Aug 27 2025 Wednesday
images
images

राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन


  • 253
    SHARES
  • https://www.indrenipost.com/posts/9989
    भदौ ११, २०८२ बुधबार
    राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन

    काठमाडौँ, ११ भदौः प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी समानुपातिक सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन भएकी छन् ।
    समितिका ज्येष्ठ सदस्य सर्वेन्द्र नाथ शुक्लाको अध्यक्षतामा बसेको बैठकमा न्यौपानेलाई निर्विरोध सभापति चयन गरिएको हो । यसअघिका सभापति रामहरि खतिवडाको राजीनामा पछि रिक्त भएको पदमा न्यौपाने एक मात्र उम्मेदवार थिइन् । खतिवडाले प्रस्ताव प्रस्तुत गर्दा नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए ।
    न्यौपानेले आजै सभामुखसमक्ष पद तथा गोपनियताको शपथ लिनेछिन् । नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गरेकी उनी कांग्रेस केन्द्रीय सदस्य तथा महिला विभाग प्रमुख समेत रहेकी छिन् । यसअघि उनी संविधानसभा सदस्य र संसदीय दलको सचेतकको भूमिकामा पनि रहेकी थिइन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij