काठमाडौँ, ११ भदौः स्थानीय बजारमा मङ्गलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । आज सुन तोलामा रु ३०० ले बढेर रु १ लाख ९९ हजार पुगेको छ भने चाँदी तोलामा रु १५ ले घटेर रु २,३४५ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सुन तोलामा रु १ लाख ९८ हजार ७०० मा कारोबार भएको थियो भने चाँदी रु २,३६० मा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔँस सुन आज ३,३७४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।