बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

खेलकुद

एसीसी महिला प्रिमियर कप : नेपालको सामना भुटानसँग


  • 613
    SHARES
  • https://www.indrenipost.com/posts/6543
    माघ २८, २०८० आइतबार
    एसीसी महिला प्रिमियर कप : नेपालको सामना भुटानसँग

    काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले भुटानको सामना गर्दैछ । मलेसियाको बायुएमास ओभलमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७ः१५ बजेदेखि सुरु हुनेछ ।

    नेपाल र भुटानले समूह डी अन्तर्गतको आ-आफ्नो पहिलो खेल जितेका छन् । शनिबार सम्पन्न खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको थियो ।

    त्यस्तै भुटानले माल्दिभ्सलाई ९४ रन अन्तरले पराजित गरेको थियो । समूह डी मा रहेका हङकङ र माल्दिभ्सले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् ।          

    नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने तालिका रहेको छ ।   एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् । 

    चार समुहका विजेता र उपविजेता क्वाटर फाइनलमा पुग्नेछन् ।  यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एशिया कप २०२४ मा छनौट हुनेछन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एशिया कप २०२५ मा छनौट हुनेछन् ।  

    क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij