बिहीबार , साउन २९ गते २०८२ Aug 14 2025 Thursday
images
images

मेयर बालेन बिरुद्ध प्रतीबादमा उत्रीन् उपप्रमुख सुनीता


  • 334
    SHARES
  • https://www.indrenipost.com/posts/8155
    फागुन १७, २०८१ शनिबार
    मेयर बालेन बिरुद्ध प्रतीबादमा उत्रीन् उपप्रमुख सुनीता

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका अभिव्यक्तिलाई लिएर उपप्रमुख सुनीता डंगोलले असन्तुष्टि प्रकट गरेकी छन्। पछिल्लोपल्ट प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी फेसबुकमा स्टाटस लेखेका थिए। बालेनले प्रधानमन्त्री ओली आफूलाई हराउन लागेको आरोप उक्त स्टाटसमा लगाएका थिए। 

    उपप्रमुख डंगोलले भने आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरूलाई आरोप लगाउने कुरा उचित नभएको भनी बालेनतर्फ नै प्रश्न उठाएकी छिन्। ‘छानबिन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेल केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठिक होइन,’ उनले भनिन्, ‘आफ्नो कर्तव्य पूरा नगर्ने, अनि अरूलाई आरोप लगाउने कुरा उचित होइन भन्ने लाग्छ।’

    उनले छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको भन्दै केही आशंकाहरू उब्जिएको पनि उल्लेख गरिन् । 
    ‘सबैभन्दा पहिला छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। छानबिन समितिको प्रतिवेदनमा उहाँको कमजोरी देखियो भने तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा दुईमत भएन,’ उपप्रमुख डंगोलको भनाइ छ, ‘तर, प्रतिवेदन पनि सार्वजनिक नगर्ने अनि केन्द्रले प्रमुख प्रशासकीय अधिकृत पठाएन भनेर विरोध गर्ने कुरा हुँदैन।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij