मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणिकरण 


  • 397
    SHARES
  • https://www.indrenipost.com/posts/8359
    चैत ३, २०८१ आइतबार
    राष्ट्रपतिले गरे चार विधेयक प्रमाणिकरण 

     

     काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका विभिन्न चार विधेयक प्रमाणीकरण गरेका छन्।

    राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, विद्युतीय व्यापार (ई–कमर्स)को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन्।

    राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा ९२०बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij