मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुगे रबि लामिछाने 


  • 1.0K
    SHARES
  • https://www.indrenipost.com/posts/8416
    चैत ८, २०८१ शुक्रबार
    काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध पाटन उच्च अदालतमा पुगे रबि लामिछाने 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध आज पुनरावेदनमा जाने भएका छन् ।

    उनी आज बिहान पाटन उच्च आदालतमा गएर पुनरावेदन दिने स्रोतले बतायो ।स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडौं जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। 

    फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij