मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धराशायी :साह


  • 307
    SHARES
  • https://www.indrenipost.com/posts/8434
    चैत ९, २०८१ शनिबार
    सरकारको अनावश्यक करले मुलुकको अर्थतन्त्र धराशायी :साह

    काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको अनावश्यक र मनोमानी कर आतंकले मुलुकको अर्थतन्त्र धराशायी बन्दै गइरहेको दाबी गरेका छन् । 

    शनिबार आजपा निकटको आम सम्पर्क मञ्चको राजधानीमा सम्पन्न केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको अनावश्यक एवं मनोमानी कर आतङ्क रोक्न आन्दोलनको विकल्प नभएको बताए । 
    ‘अहिलेको व्यवस्थाले तीनै तहका सरकारलाई कानुन बनाउने र कर उठाउने अधिकार दिएको छ । सरकारपिच्छे सरकारको अनावश्यक र मनोमानी कर उठाउने प्रतिस्पर्धा चलेको छ । त्यसैले हामीले भनिरहेका छौँ, सरकारको अनावश्यक र मनोमानी कर आतङ्क रोक्न यो व्यवस्था नै खारेज गर्नुपर्छ । त्यसका लागि हामी सडकमा आउनै पर्छ, आन्दोलन गर्नैपर्छ, आन्दोलनको विकल्प हामीसंग छैन्’, आजपा अध्यक्ष साहले भने । 

    जनतासँग कर लिने तर रिटर्नी नदिने सरकारलाई दण्डित गर्नुपर्ने उनले बताए । करको नाममा जनतासँग सरकारले लुट मच्चाइरहेको भए पनि जनतालाई त्यसको रिटर्नी केही पनि नदिने सरकार के कामका लागि भन्दै साहले प्रश्न उठाएका छन् । राज्यको ढुकुटी सिध्याएर नेपाली जनतामाथि विदेशी ऋणको भारी बोकाउने वर्तमान सरकार फाल्नुको विकल्प नभएको उनले बताए । 

    आउँदो २४ मा आजपाले काठमाडौँमा खबरदारी सभाका साथै विरोध प्रदर्शन गर्दैछ । त्यसैको पूर्वसन्ध्यामा बसेको बैठकले व्यापक जनसहभागिता जुटाउने निर्णय समेत गरेको छ । 
    बैठकमा आजपा वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष विल्टु यादव, महासचिव त्रिभुवन साह अमर, सचिवद्धय देवी पण्डित, नारायण पाण्डे, नेताहरु किशोरी साह, श्रीनारायण साह, उपेन्द्र साह, रन्जु साह, देव कुमारी, मिनादेवी साह, लखिन्द्रकुमार साह लगायतको विशेष सहभागिता रहेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij