मंगलबार, साउन २७ गते २०८२ Aug 12 2025 Tuesday
images
images

नाउपा र जनमत पार्टी एकता गर्न सहमत नाम र चुनाव चिन्ह्र पनि टुंगो लाग्यो  


  • 325
    SHARES
  • https://www.indrenipost.com/posts/8462
    चैत ११, २०८१ सोमबार
    नाउपा र जनमत पार्टी एकता गर्न सहमत नाम र चुनाव चिन्ह्र पनि टुंगो लाग्यो  

     

    काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकता निश्चित भएको छ। पार्टी एकताको लागि दुवै पक्ष गत शुक्रबार र शनिबार सहमति भएर एकीकरणको लागि गठन भएको कार्यदलले प्रक्रिया थालेको हो।

    कार्यदलको पहिलो बैठक हिजो बसेको जनमतका प्रवक्ता डा. शरदसिंह यादवले बताए। उनले भने, ‘पार्टी एकता निश्चित भइसक्यो। हिजो हामीले कार्यदलको पहिलो बैठक बसेर सामान्य छलफल गरेर काम अघि बढाएका छौँ। चाँडै टुंग्याउँछौं।’ एकीकृत पार्टीको अध्यक्षमा डा. सिके राउत, संरक्षक रेशम चौधरी र सहअध्यक्ष रञ्जिता श्रेष्ठ हुने सहमति भइसकेको छ।

    पार्टीको नाम नागरिक जनमत राख्ने भन्नेबारेमा छलफल भइरहेको उनले बताए। जनमतबाट एकताको लागि गठन कार्यदलको सदस्य समेत रहेका यादवले पार्टीको नाम र चुनाव चिन्हबारे पनि चाँडै सहमतिमा पुग्ने बताए। उनले थपे, ‘पार्टीको नाम नागरिक जनमत राख्ने भन्ने कुरा भइरहेको छ। यसले दुवै पक्षलाई समेट्छ छलफलको चरणमा छौँ। चुनाव चिन्ह ढकिया रहन्छ। त्यो डाक्टरसाव सिके राउतले पनि सार्वजनिक रूपमै स्वीकारिनसक्नुभएको छ।’ उनले पार्टी पदाधिकारीसहित आवश्यक संरचना कार्यदलले टुंग्याउने बताए।

    जनमतबाट कार्यदलमा उपाध्यक्ष अब्दुल खान, डा. शरदसिंह यादव, बालगोविन्द चौधरी रहेका छन् भने नागरिक उन्मुक्ति पार्टी तर्फबाट गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु रहेका छन्।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij