मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

एमाले र राजावादीले छुट्टाछुट्टै समयमा प्रदर्शन गर्ने


  • 649
    SHARES
  • https://www.indrenipost.com/posts/9287
    जेठ १४, २०८२ बुधबार
    एमाले र राजावादीले छुट्टाछुट्टै समयमा प्रदर्शन गर्ने

     
    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिने निर्णय गरेको हो ।

    १५ जेठको दिन एमालेले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउँदैछ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन गर्न लागेका छन् । दुवैले भृकुटीमण्डप, सहिदगेट, रत्नपार्कलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरेका छन् । प्रशासनले समय निर्धारणका लागि एमाले र राप्रपाका नेताहरूसँग पनि छलफल गरेको थियो । जिल्ला प्रशासन कार्यालयले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्पर्क गरी समय निर्धारणबारे छलफल गरेको थियो ।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीले भोलि दुई पक्षबीच हुने प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न होस् भन्ने विषयले सुरक्षा प्रबन्ध मिलाइएको बताए । ‘सीडीओ सा’बले राप्रपाका जिम्मेवार व्यक्तिहरूसँग पनि छलफल गर्नुभएको छ, समय छुट्टाछुट्टै भएकाले शान्तिपूर्ण रूपमा कार्यक्रम सकिन्छ भन्ने ठानेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘कुनै अप्रिय गतिविधि नहोस् भन्नेमा हामी सचेत छौं ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij