मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

अशक्त र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन


  • 343
    SHARES
  • https://www.indrenipost.com/posts/9964
    भदौ १०, २०८२ मंगलबार
    अशक्त र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन

    काठमाडौँ, १० भदौः राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अशक्त, असहाय र ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र  नभए पनि सेवामा बाधा नपर्ने स्पष्ट पारेको छ ।
    विभागका अनुसार बालबालिका, आफैँ हेरचाह गर्न नसक्ने अशक्त व्यक्ति र उच्च आयु पुगेका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । तर विभिन्न स्थानीय तह र सेवा प्रदायक संस्थाले परिचयपत्र अनिवार्य मागेपछि सर्वसाधारणलाई समस्या परेको भन्दै विभागले प्रावधान पुनःस्मरण गराएको हो ।
    सामाजिक सुरक्षा भत्ता लिने क्रममा ज्येष्ठ नागरिकलाई समस्या परेको र अशक्त व्यक्तिहरूलाई पनि अनिवार्य रूपमा परिचयपत्र नम्बर खोजिएको गुनासो विभागमा पुगेपछि यो प्रष्टिकरण गरिएको हो ।
    सरकारले २०८१ असार २० गते राजपत्रमा सूचना प्रकाशित गरी सामाजिक सुरक्षा भत्ता, बीमा, निवृत्तिभरण, राजस्व, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता, बैंकिङ तथा वित्तीय सेवा, टेलिफोनरसिमकार्ड, सामाजिक सुरक्षा कोष र घरजग्गा कारोबारमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर अनिवार्य गरेको थियो ।
    तर सेवा प्रदायक निकायले अशक्त र ज्येष्ठ नागरिकलाई समेत अनिवार्य माग गरेको कारण समस्यामा परेको सूचना पाएपछि विभागले सोमबार सार्वजनिक विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टता दिएको विभागका निर्देशक मुकेशकुमार केशरीले जानकारी दिएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij