मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै


  • 271
    SHARES
  • https://www.indrenipost.com/posts/9968
    भदौ १०, २०८२ मंगलबार
    मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

    जलेश्वर महोत्तरी, १० भदौ – मिथिला क्षेत्रमा आज श्रद्धा र आस्थाको प्रतीकका रुपमा चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ ।
    मिथिलाञ्चलका गाउँ–बस्तीमा चौरचन वा चौठचन्द्र पर्वका नामले प्रख्यात यस पर्वमा परिवारका सदस्यहरू एकै ठाउँमा जमघट भई खाना खाने परम्परा रहेको संस्कृतिविद् ध्रुव राय बताउछन । यसले आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास गरिन्छ ।
    महिलाहरू दिनभर निराहार उपवास बसेर राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्छन् । व्रतालुहरू फलफूल, मिठाई, दही, पुरी र खीरको प्रसाद ग्रहण गर्ने गर्छन् ।
    जलेश्वर नगरपालिका–८ की व्रतालु राजवतीदेवीका अनुसार पूजा सम्पन्न भएपछि घरका सबै सदस्यहरूले आँगनमा राखिएका फलफूल लिएर चन्द्रमाको दर्शन गर्ने परम्परा छ । त्यसपछि परिवार सहित खीर, पुरी, दही र मिठाई खाने चलनले पर्वलाई उल्लासमय बनाउने गर्दछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij