काठमाडौँ, १० भदौ । मनसुनको न्यूनचापीय रेखा हाल पूर्वतर्फ सरदरभन्दा दक्षिणतिर र पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ । कोशी र सुदूरपश्चिम प्रदेशका साथै तराईका एकदुई स्थानमा समेत मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि पहाडी भूभागमा सामान्य बदली रहने छ भने कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।