मंगलबार, भदौ १० गते २०८२ Aug 26 2025 Tuesday
images
images

तीजले महिलाका हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छः उपसभामुख राना


  • 271
    SHARES
  • https://www.indrenipost.com/posts/9965
    भदौ १०, २०८२ मंगलबार
    तीजले महिलाका हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्छः उपसभामुख राना

    काठमाडौँ, १० भदौ । उपसभामुख इन्दिरा रानाले हरितालिका तीज पर्वले लैङ्गिक समानता र महिलाको हकअधिकारका लागि आवाज उठाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन ।
    हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण महिलालाई सुख, शान्ति, समृद्धि र दीर्घायुको शुभकामना दिंदै उपसभामुख रानाले भनिन, “तीजले नेपाली महिलालाई सशक्तीकरणतर्फ अघि बढ्न मात्र होइन, समाजमा विद्यमान लैङ्गिक तथा जातीय विभेदलगायत सबै प्रकारका असमानताको अन्त्यका लागि सशक्त सन्देश दिन्छ ।”
    भाद्र शुक्ल तृतीयाको दिन हिन्दू महिलाले शिव–पार्वतीको पूजाआराधना गर्दै उपवास बस्ने परम्परा रहेको छ । यस दिन महिलाले आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै पर्वलाई उल्लासपूर्ण ढंगले मनाउने चलन छ ।
    रानाको शुभकामना सन्देशमा भनिएको छ, “यस्ता सांस्कृतिक पर्वहरूले विविधतामा एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याइरहेका हुन्छन् ।”

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij