सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

पूर्वपश्चिम राजमार्गमा बस–माइक्रोबस ठोक्किँदा तीनको मृत्यु, १५ घाइते


  • 352
    SHARES
  • https://www.indrenipost.com/posts/9806
    साउन २६, २०८२ सोमबार
    पूर्वपश्चिम राजमार्गमा बस–माइक्रोबस ठोक्किँदा तीनको मृत्यु, १५ घाइते

    धरान सुनसरी, २६ साउनः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज बिहान आपसमा ठोक्किएका हुन् । मृत्यु हुनेको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।
    घाइतेहरुलाई इनरुवा अस्पताल, विराटनगर न्यूरो अस्पताल र नोबेल अस्पतालमा उपचार भइरहेको छ । बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का गोपाल अधिकारीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij