सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

राससको समाचार सेवा थप प्रभावकारी, सहज र भरोसायोग्य बन्दै


  • 352
    SHARES
  • https://www.indrenipost.com/posts/9811
    साउन २६, २०८२ सोमबार
    राससको समाचार सेवा थप प्रभावकारी, सहज र भरोसायोग्य बन्दै

    काठमाडौँ, २६ साउन – पछिल्लो समय राष्ट्रिय समाचार समिति रासस को समाचार सेवा थप प्रभावकारी र सहज बन्दै गएको सञ्चार क्षेत्रका विज्ञहरूले बताएका छन् । नेपाल पत्रकारिता विकास समाजले आज राजधानीमा आयोजना गरेको ‘नेपालमा समाचार समिति पत्रकारिता वर्तमान अवस्था र कानुनी व्यवस्था’ विषयक नीति संवाद कार्यक्रममा राससको सेवाले देशका अधिकांश सञ्चारमाध्यमलाई भरथेग गरिरहेको निष्कर्ष प्रस्तुत गरियो ।
    राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले यस वर्ष संस्थाको सरकारमाथिको निर्भरता १२ प्रतिशतले घटेर ८० प्रतिशतमा पुगेको र आन्तरिक आम्दानी १३ प्रतिशतले बढेको जानकारी दिए । उनले श्रव्य, श्रव्यदृश्य, मातृभाषा, तस्बिरलगायतका सेवामा विविधिकरण गर्दै चौबीसै घण्टा समाचार सेवा सञ्चालन भइरहेको र मध्यरातमा जारी हुने समाचार नेपाली सञ्चारमाध्यममा सबैभन्दा बढी प्रयोग हुने बताए ।
    विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँले २०१९ सालमा बनेको रासस ऐन कार्यान्वयनमा समस्या आएको भन्दै यसको पालना गर्न जोड दिए । नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल र अन्य वक्ताहरूले कानुनलाई अद्यावधिक गर्दै समाचार समिति पत्रकारिताको दायरा बढाउनुपर्नेमा एकमत जनाए ।
    नीति संवादमा पत्रकारिता शिक्षाविद्, सञ्चार क्षेत्रका पूर्वअध्यक्ष, प्रेस काउन्सिलका प्रतिनिधि, सञ्चारमाध्यमका सम्पादक लगायतले निजी तथा सरकारी समाचार समितिको भूमिकाबारे धारणा राखे । हाल नेपालमा करिब एक दर्जन समाचार समिति सञ्चालनमा भए पनि तीन वटाले मात्र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अनुमति पाएको तथ्यांक सार्वजनिक गरियो ।
    यसरी कानुनी व्यवस्था, आन्तरिक स्रोत विकास र सेवा विविधिकरणका माध्यमबाट राससको समाचार सेवा अझ प्रभावकारी र भरोसायोग्य बन्दै गएको निष्कर्ष कार्यक्रममा प्रस्तुत गरियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij