सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानको माग, प्रधानमन्त्री ओली सकारात्मक


  • 352
    SHARES
  • https://www.indrenipost.com/posts/9814
    साउन २६, २०८२ सोमबार
    नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानको माग, प्रधानमन्त्री ओली सकारात्मक

    काठमाडौँ, २६ साउन — प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीले नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडान सुरु गर्न ध्यानाकर्षण गराएका छन् ।
    प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूले नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेको भन्दै पश्चिम नेपालको ३२ जिल्लालाई लाभ पुग्ने गरी सिधा उडान सञ्चालनको माग गरे ।
    मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले यस विषयमा आफू सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने आश्वासन दिए । साथै, उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग विस्तार, जमिन संरक्षण लगायत पूर्वाधार सुधारमा चासो दिन आग्रह समेत गरेका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij