सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता दिने कानुन अघि बढाउँदै सरकारः गृहमन्त्री लेखक


  • 361
    SHARES
  • https://www.indrenipost.com/posts/9812
    साउन २६, २०८२ सोमबार
    आमाको स्वघोषणाबाट सन्तानलाई नागरिकता दिने कानुन अघि बढाउँदै सरकारः गृहमन्त्री लेखक

    काठमाडौँ, २६ साउन — गृहमन्त्री रमेश लेखकले आमाको स्वघोषणाका आधारमा सन्तानलाई नागरिकता उपलब्ध गराउने उद्देश्यसहित नागरिकता सम्बन्धी कानुन संशोधन अघि बढाइएको बताएका छन् ।
    राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता विधेयक २०८१ मा सैद्धान्तिक छलफलका क्रममा गृहमन्त्री लेखकले सन्तानको पहिलो संरक्षक आमा हुने भएकाले जिम्मेवारी पनि आमाकै हुने बताए । उनले आमाले यो मेरो सन्तान हो, बुबाको पत्ता छैन वा ल्याउन सक्दिन भनी स्वघोषणा गरेमा त्यसका आधारमा नागरिकता दिने प्रावधान विधेयकमा राखिएको स्पष्ट गरे ।
    गृहमन्त्रीका अनुसार यस व्यवस्थाले महिलाको मात्र होइन, संविधानको सीमारेखाभित्र महिलाको हकलाई पूर्णरूपमा स्थापित गर्नुका साथै सन्तानको हक पनि सुरक्षित गर्ने उद्देश्य राखिएको हो । आमाको स्वघोषणा गलत ठहरिएमा नागरिकताको प्रश्न गर्न र सजायको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।
    त्यसैगरी, अङ्गीकृत नेपाली नागरिकता प्राप्तिमा बाबुको आधारमा विदेशको नागरिकता नलिएको भन्ने प्रमाणमा मात्र स्वघोषणा गर्ने प्रावधानमा आमाको स्वघोषणा पनि आवश्यक हुने व्यवस्था गरिएको छ । बुबाको मृत्यु भएको, सहयोग नगरेको वा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानलाई आमाकै नामबाट नागरिकता दिने व्यवस्थालाई सरल बनाइएको उनको भनाइ थियो ।
    आमाका नामबाट नागरिकता दिने विषयमा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश समेत रहेको अवस्थामा विधेयक अघि बढाइएको गृहमन्त्री लेखकले स्मरण गराएका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij