सोमबार, साउन २६ गते २०८२ Aug 11 2025 Monday
images
images

पहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध


  • 433
    SHARES
  • https://www.indrenipost.com/posts/9808
    साउन २६, २०८२ सोमबार
    पहिरोका कारण बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

    म्याग्दी, २६ साउन — म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
    रघुगङ्गा गाउँपालिका–२ बैसरी, माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र काभ्रेभिरमा खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
    कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक विशाल दर्जीका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनाका निर्माण व्यवसायीहरूले डोजर परिचालन गरी सडक खुलाउने प्रयास गरिरहेका छन् । तर वर्षा नरोकिएको र निरन्तर पहिरो खसिरहेकाले अवरोध हटाउन समस्या भएको बताइएको छ ।
    सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिकासँगको सिधा यातायात सम्पर्क टुटेको छ । साथै प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा पनि बन्द रहँदा स्थानीयवासी र पर्यटकहरू दुवै प्रभावित भएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij